अञ्चल
ना. [सं.]
- शिर वा काँध भई छातीमा फैलिएको वा लपेटिएको सारी, पछ्यौरा आदिको भाग; सारी, पछ्यौरा आदिको छेउ वा किनारा; सप्को।
- किनार; तीर; तट।
- घाटी; फेदी।
- कुनै मुलुक वा प्रदेशको एक भाग; भूभाग; क्षेत्र; प्रदेश।
- नेपालका चौध प्रादेशिक विभागमध्ये एक (मेची, कोसी, सगरमाथा, जनकपुर, वाग्मती, नारायणी, गण्डकी, लुम्बिनी, धवलागिरि, कर्णाली, रापती, सेती, भेरी र महाकाली)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)