अठोत्तरसय
वि. [सं.अष्टोत्तर+शत]
- एकसय आठ सङ्ख्याको; १०८; धार्मिक दृष्टिले ज्यादै महत्त्वपूर्ण मानिने सो सङ्ख्याको। (उदा.-स्वस्थानीको व्रतपूजाअन्तर्गत अठोत्तरसय फूल, अक्षता आदि चढाइन्छ; पाँचसुते अठोत्तरसय बत्ती बाल्नाको ठुलो महिमा छ।)
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)