अड्कनु
अ.क्रि. [अड्को+नु]
- अल्झिएर रोकिनु।
- कुनै बाधाअड्काउ परेर अडिनु।
- कुनै कुरा प्वाल वा त्यस्तै ठाउँमा घुसेर पसेर निस्कन नसक्नु; थामिनु।
- खाँचो हुनु; गर्ज पर्नु; हर्जा हुनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)