अड्डा

ना. [सं. अड्ड]

  1. जागिरे व्यक्तिहरूले आफ्नो अधिकारको तहअनुसार काम गर्ने सरकारी वा गैरसरकारी सङ्गठन वा ठाउँ; कार्यालय। २. मुद्दामामिलाको छिनफान गरी न्यायनिसाफको काम गर्ने कानुनी कार्यालय; अदालत। ३. उही खालका वैध वा अवैध काम गर्ने अम्मली, गफाडी, चोर, डाँकू आदि जम्मा हुने वा रोकिने ठाउँ; अखडा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)