अणु

ना. [सं.]

  1. कुनै पनि तत्त्वको साह्रै सानो र परमाणुभन्दा ठुलो तथा विशेष यन्त्रको सहायताविना देख्न, खण्डित गर्न वा टुक्र्याउन नसकिने, रासायनिक संयोजनमा रहेको खण्ड वा टुक्रा। (यो परमाणुहरू मिलेर बनेको हुन्छ जसको सङ्ख्या र सजावटद्वारा कुनै पनि पदार्थ अन्य पदार्थभन्दा भिन्न हुन्छ।)।
  2. बमको केन्द्र भएर रहेको, सृजनात्मक वा ध्वंसात्मक शक्तिका रूपमा परिणत हुने सूक्ष्म कण।
  3. आँखीझ्यालभित्र पसेको प्रकाशमा उडेको देखिने छ परमाणुजत्रो धुलाको सानो कण।
  4. स्वतन्त्र अवस्थामा रहन सक्ने र पदार्थमा रहेका गुणहरूलाई सुरक्षित राख्न सक्ने पदार्थको अति सानो कण वा मात्रा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)