अणुव्रत
ना.
- जैन सम्प्रदायमा निर्धारित गृहस्थ धर्मअन्तर्गतका पाँचवटा कार्य (प्राणातिपात, मृषावाद, अदत्तादान, मैथुन र परिग्रह) बाट विरमण या निवृत्तिको अपेक्षा राखिने व्रत। (पातञ्जल योगशास्त्रमा यिनै पाँच कुरालाई 'यम' स्विकारिएको छ।)
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)