अण्ड

ना. [सं.]

  1. पोथी जीवजन्तुद्वारा उत्पादित प्रजननशील कीटाणुहरू भएको डिम्ब; उक्त डिम्बमा अन्तर्निहित प्रजननशील पदार्थ।
  2. चराचुरुङ्गी आदिले पार्ने प्रजननशील पदार्थ भएको डिम्ब र त्यसलाई बेर्ने जालोसमेत धारण गर्ने गोलो लाम्चो खोस्टोसमेत भएको वस्तु; अन्डा; डिम्ब; डिम्बा; फुल।
  3. वीर्य; शुक्र।
  4. जीवजन्तुको भाले जातिको जननेन्द्रियका फेदमा झुन्डिएका छालाका थैलाभित्रका दुई बाटुला गेडा; आँडा; अण्डकोश।
  5. ब्रह्माण्ड; विश्व।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)