अतिक्रमण

ना.

  1. कुनै कुराको स्वीकृत वा निर्धारित सीमा नाघ्ने काम।
  2. तोकिएको अधिकारका परिधिको उल्लङ्घन।
  3. कुनै मुलुकको निर्धारित अन्तर्राष्ट्रिय सिमाना पार गर्ने काम; सम्प्रभुता रहेको भूभाग वा जलसीमा र वायुसीमाउपर अन्य मुलुक वा व्यक्तिद्वारा अवैध प्रवेश; त्यस किसिमको आक्रमण वा हस्तक्षेप।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)