अतिथि
ना. [सं.]
- तिथि नतोकीकन वा नबोलाईकन आउने पाहुना; अनाहूत।
- कुनै पनि पाहुना; अभ्यागत।
- आमन्त्रित व्यक्ति।
- समारोह आदिमा विशेष सम्मानका साथ निम्त्याइएको व्यक्ति।
- कुनै कार्यालय, कम्पनी आदिबाट खटिएर सम्बन्धित कार्यालय, कम्पनी आदिमा विशेष कार्यवश आइपुगेको व्यक्ति।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)