अत्युक्ति
ना.
- कुनै वस्तु, व्यक्ति वा कामकुराका बारेमा वास्तवमा भएभन्दा बढाई चढाईकन गरिने वर्णन; अतिशयोक्ति।
- भन्नुपर्नेभन्दा बढी मात्रामा कुनै कुरा भन्ने काम; त्यस प्रकारको चर्चा वा भनाइ।
- गुण वा दोषको बढाईचढाई गरिने प्रसिद्ध एक काव्यालङ्कार।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)