अदृश्य

वि. [सं.]

  1. नदेखिने; आँखाको पहुँच वा दृष्टिभन्दा परको।
  2. अगोचर; पञ्च इन्द्रियले ज्ञान गर्न नसकिने।
  3. लोप भएको वा लुप्त; हराएको; गायब; अन्तर्ध्यान भएको।
  4. अप्रत्यक्ष; परोक्ष।
  5. दैवी; ईश्वरीय।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)