अदृष्ट

वि. [सं.]

  1. नदेखिएको; देखा नपरेको; आँखाका अगाडि नपरेको वा नरहेको।
  2. नदेखिने भएको; लुप्त; गुप्त; गायब।
  3. अन्तर्निहित रहेको वा भएको; अन्तर्ध्यान भएको।
  4. भाग्य; प्रारब्ध; नियति।
  5. जन्मान्तरको वासना; पूर्वजन्मको संस्कार।
  6. धर्मअधर्म; पापपुण्य।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)