अध्ययन

ना. [सं.]

  1. पढ्ने काम; पठन।
  2. कुनै विषयको जानकारीका निम्ति सो विषयलाई बुझ्ने, पहिचान्ने, गहिरिएर हेर्ने वा पढ्ने काम।
  3. कुनै उद्देश्यप्राप्तिका लागि कुनै विषयका विभिन्न पक्षमा गरिने विचार (उदा.- नेपालमा शैक्षिक स्थितिको अध्ययन आवश्यक छ।)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)