अनशन
ना. [सं.]
- खान छाड्ने काम; आहारत्याग; उपवास।
- मोक्षप्राप्तिका निम्ति गरिने मर्नुभन्दा केही दिन अगाडिदेखिको आहारत्याग।
- पिरमर्का वा अन्याय आदिका विरुद्ध असन्तोष व्यक्त गर्ने उद्देश्यले वा कुनै माग पूरा नहुन्जेल पूर्वसूचनाका साथ गरिने आहारत्याग।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)