अनाचार

ना. [सं.]

  1. आचारको अभाव; धर्म र नीतिविरुद्ध निन्दनीय आचरण।
  2. खराब चालचलन।
  3. नराम्रो कामको लत।
  4. कुरीति; कुचाल।
  5. भ्रष्टाचार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)