अनि
संयो. [प्रा. अण्ण< सं. अन्य]
- समान स्तरका पद, पदावली, वाक्यांश वा वाक्यहरूलाई समयको पूर्वापर क्रम वा तत्कालता जनाई जोड्ने अव्यय; र; त्यसपछि; फेरि; एकपछि अर्को; तब। (उदा.- राम अनि श्याम आए; राम आयो अनि श्याम गयो इ.)।
- त्यसैले; पूर्वोक्त कारणले (उदा.- अनि त भनेको त्यसो नगर्नू भनेर!)।
- अझ; अझै। (उदा.- ऊ विद्वान् छ, गुणी छ अनि धनी पनि छ।)
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)