अनिवार्य

वि. [सं.]

  1. हटाउन, पन्छाउन वा रोक्न नसकिने; निवारण गर्न नसकिने वा नहुने।
  2. भइछाड्ने; अवश्य हुने; अवश्यम्भावी।
  3. बच्न नसकिने; त्याग्न वा छोड्न नसकिने र नहुने।
  4. नभई काम नचल्ने; नभई नहुने; अत्यावश्यक; परमावश्यक।
  5. विकल्प नभएको।
  6. कुनै पाठ्यक्रमअन्तर्गत लिनै पर्ने वा अध्ययन गर्नै पर्ने; इच्छाधीन नभएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)