अनुकरण
ना. [सं.]
- कुनै वस्तु, विषय, विचार वा कामको अनुसरण; कसैले केही गरेको देखी त्यसैको देखासिकी वा नक्कल गर्ने काम; नक्कलगराइ; समान आचरण; देखासिकी; नक्कल; अनुकृति। २. प्रकृति वा जीवनजगत्को कलात्मक पुनःसृजन। ३. प्राचीन ग्रिसेली विद्वान् अरस्तुद्वारा काव्यशास्त्रमा प्रतिपादित सम्पूर्ण कलालाई प्रकृतिको वस्तुगत पुनःसृजन मान्ने साहित्य सिद्धान्त।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)