अनुकलन
ना. [सं.]
- कुनै बेहोराको अभिलेख राख्ने काम।
- कुनै हिसाबकिताबको विवरण राख्ने काम।
- अरूका कुनै कुरा लिएर त्यसलाई आफ्नो अनुकूल बनाई ग्रहण गर्ने काम।
- सम्भावनामा विचार पुर्याउँदै भावी कार्यका सम्बन्धमा अनुमान वा कल्पनाको सहायताले कुनै विचार, व्यय आदि निर्धारण गर्ने काम; अन्दाज; आकलन।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)