अनुकल्पना

ना. [सं.]

  1. कुनै अनुसन्धानका प्रारम्भमा त्यस अनुसन्धानको समस्याबारे सम्बन्धित अनुसन्धानकर्ताले स्थापना गरेको र उक्त अनुसन्धानद्वारा खण्डनमण्डन, संशोधन वा परिष्कार हुन सक्ने किसिमको पूर्वमान्यता; प्राक्कल्पना।
  2. उपलब्ध तथ्यका आधारमा स्थापित गरिएको र कुनै कुराको विस्तृत अनुसन्धानका निम्ति पूर्वाधारका रूपमा स्विकारिएको मान्यता।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)