अनुकूल
वि. [सं.]
- आफ्नो इच्छा, रुचि, चाहना वा आवश्यकताअनुरूपको; आफूले चिताए वा भनेजस्तो।
- समय तथा वातावरणका दृष्टिले उपयुक्त
- कुनै उद्देश्य वा प्रयोजनका निम्ति उपयोगी।
- कुनै परिस्थितिमा जेजस्तो चाहिने हो सोमाफिक सब्ल्याँटो पर्ने।
- आफ्नो हुँदो; आफ्नो पक्षको; आफूसँग सहमत; आफ्नो विरुद्ध नभएको।
- फाइदा हुने; हितकारी।
- सुविधाजनक।
- मिल्दो; हुँदो; सर्दो।
- एउटै मात्र नायिका राख्ने नायक।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)