अनुक्रम
ना. [सं.]
- क्रमिक रूपमा एकपछि अर्को हुने वा आउने क्रिया वा भाव।
- विषयवस्तु तथा पाठ्यवस्तुका सङ्गठनमा शृङ्खलाबद्धता वा क्रमबद्धतागत विशेषता।
- नियमित रूपले चल्ने क्रम वा सिलसिला।
- क्रमबद्ध रूपले अगाडि बढ्ने काम।
- कुनै क्रमको अनुसरण गर्ने काम; क्रम; सिलसिला; शृङ्खला; पूर्वापरक्रम।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)