अनुदार
वि. [सं.]
- उदार नभएको; अरूका उपर दयाको भावना नराख्ने र अरूको भलो होस् भन्ने नचिताउने।
- कडा वा सङ्कुचित हृदय भएको।
- पारिवारिक सुखसुविधा र सामाजिक हितका अत्यावश्यक कार्यमा मन फुकाएर खर्चबर्च नगर्ने; कृपण; कन्जुस।
- प्रचलित सामाजिक मान्यतामा सुधार वा परिवर्तन नचाहने र त्यस्तो परिवर्तन वा सुधारको प्रतिरोधसमेत गर्ने; सङ्कीर्ण विचारधारा भएको; पुरातनपन्थी; रूढिवादी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)