अनुनय

ना. [सं.]

  1. शक्तिशाली वा प्रभावशाली व्यक्तिका सामु आफ्ना र अरू कसैका उद्धार तथा हितका निम्ति विनयपूर्वक गरिने प्रार्थना वा अनुरोध।
  2. आफूसित रिसाएको वा उदासीन रहेको कुनै व्यक्तिलाई बारम्बार फकाईफुल्याई वा रिझाई आफ्नो अनुकूल तुल्याउन गरिने प्रयास; विनय; बिन्ती; बिन्तीभाउ; प्रार्थना।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)