अनुधारणा
ना. [सं.]
- कुनै विषय वा समस्याका बारेमा चिन्तनमनन वा अनुसन्धानका क्रममा अँगालिएको पूर्वधारणा; त्यस्तो चिन्तनमनन वा अनुसन्धानका प्रारम्भमा अनुसरण गरिएको तर प्राप्त हुन आउने तथ्यहरूबाट खण्डनमण्डन दुवै हुन सक्ने किसिमको पूर्वमान्यता; अनुकल्पना; प्राक्कल्पना; शोधसामग्रीको प्रतिपाद्य वस्तु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)