अनुनासिक

वि. [सं.]

  1. नाके स्वरले उच्चारण गरिने; मुख र नासिकाका योगबाट उच्चरित; नासिक्य।
  2. नाके स्वरले बोलिने ध्वनि (ङ, ञ, ण, न, म इ.)।
  3. अक्षरका शिरमा लागी नासिकीकरणलाई जनाउने चिह्न; चन्द्रविन्दु; जूनटिकी (जस्तै-डाँक, आँसु, हाँसो, बनाउँछु इ.)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)