अनुपयोगिता
ना.
- उपयोग वा उपयोगिताको अभाव; उपयोगी नहुनाको वा अनुपयोगी हुनाको भाव; कुनै लाभ वा फाइदा नदिने वा नहुने स्थिति; बेकम्मापन; व्यर्थता; निरर्थकता।
- शास्त्रीय वा सैद्धान्तिक उपयोगिता भए पनि प्रयोग, व्यवहार वा चलनचल्तीका दृष्टिले कुनै पनि उपयोगिता नभएको स्थिति।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)