अनुपस्थित
वि. [सं.]
- आफ्ना सामुन्ने नभएको वा नरहेको; उपस्थित नभएको।
- कुनै खास ठाउँ वा अवसरमा मौजुद नरहेको।
- उपस्थित रहन भनी आधिकारिक रूपमा तोकिएको ठाउँ वा समयमा सामेल हुन नआएको।
- काम गर्नुपर्ने अड्डा वा संस्थामा हाजिर हुन नआएको वा हाजिर नरहेको।
- निर्धारित कक्षामा पढ्न नआई शिक्षकले हाजिर लिँदा नआएको भनी जनाइएको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)