अनुभाव
ना. [सं.]
- साहित्यशास्त्रअनुसार, मनमा कुनै भाव उब्जँदा र विशेषतः कुनै रसको अनुभूति हुँदा प्रकट हुने मानसिक र शारीरिक व्यापार; भावलाई उपयुक्त लक्षणद्वारा प्रकाशित गर्ने मानसिक र शारीरिक व्यापार।
- भरतको रसनिष्पत्तिसम्बन्धी सूत्रअनुसार विभाव र व्यभिचारी भावका साथ रसनिष्पत्तिमा भूमिका खेल्ने तत्त्व; स्थायी भाव उद्दीप्त भएपछि त्यसका आश्रयमा प्रकट भएर स्थायी भावलाई बाहिर प्रकाश गर्ने कार्यश्रेणीको व्यापार।
- मर्यादा; चमक; शक्ति।
- वैभव; प्रभाव।
- सङ्कल्प; विश्वास।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)