अनुभूति
ना. [सं.]
- इन्द्रियहरू वा स्नायुहरूका माध्यमबाट प्राप्त उद्दीपनका फलस्वरूप प्रकट हुने मानसिक क्रिया, प्रतिक्रिया, अनुक्रिया, घटना वा व्यापार; मानसिक अनुभव; मनले अनुभव गर्ने व्यापार वा क्रिया; अनुभूत गर्ने व्यापार वा कार्य।
- अंशतः मानसिक तथा शारीरिक तर पूर्णतः इन्द्रियगतचाहिँ नभएको आनन्द, पीडा आदि अनुभूत हुने अनुक्रिया वा संवेदना; मनोदशा; मनस्थिति; मनोभाव वा मनोराग।
- आन्तरिक प्रत्यक्षण, स्मृति या कल्पनाशक्तिद्वारा प्राप्त भएको मानसिक अनुभव; सो अनुभव गर्ने काम वा अनुभव भएको स्थिति।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)