अनुमोदन
ना. [सं.]
- कसैले उठाएको, सुझाएको वा प्रस्ताव गरेको कुरालाई समर्थन गर्ने काम।
- आधिकारिक रूपमा प्रस्तुत प्रस्तावलाई स्विकार्ने कार्य।
- भइसकेको कुनै कामकुरालाई पछिबाट समर्थन गर्ने काम।
- कसैले कुनै कामकुरा गर्न पाऊँ भनी निवेदन गर्दा निजलाई सो कामकुरा गर्न प्रदान गरिएको सहमति वा पूर्वस्वीकृति; समर्थन; स्वीकार; सहमति।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)