अनुराग

ना. [सं.]

  1. कसैप्रति वा कुनै कुराप्रति मनमा अनुभव हुने आकर्षण, संलग्नता तथा आसक्तिको भाव।
  2. कुनै वस्तु वा व्यक्तितर्फ मन प्रवृत्त हुने व्यापार वा अवस्था।
  3. कुनै व्यक्ति वा कुराप्रति मनको झुकाउ; त्यसरी मन तानिएको वा संलग्न रहेको स्थिति।
  4. शृङ्गारका सन्दर्भमा मिलन वा शारीरिक सम्पर्क हुनुभन्दा अगि नारी र पुरुषका बिच मानसिक स्तरमा अनुभव हुने प्रीतिको प्रारम्भिक भाव; आसक्ति; अनुरक्ति; स्नेह; प्यार; प्रीति; प्रेम; माया; प्रणय; मायापिर्ती।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)