अनुलोम
ना. [सं.]
- माथिदेखि तलसम्म झर्ने, खस्ने वा आउने क्रम।
- ठुलादेखि सानातर्फ झर्ने वा आउने सिलसिला।
- सुल्टो क्रम।
- उच्च स्वरदेखि तल्ला स्वरहरूतर्फ ओर्लने अवरोहको क्रम।
- परम्पराअनुसार उच्च वर्ण वा जातका पुरुषले आफ्नोभन्दा तल्लो वर्ण वा जातका आइमाईसँग विवाह गर्ने सुल्टो क्रम।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)