अनुविभाग
ना. [सं.]
- कुनै पुस्तक वा ग्रन्थमा रहेका मूल खण्डदेखि अतिरिक्त रहेको सानो खण्ड वा विभाग।
- आफ्नै किसिमका चालचलन एवं व्यवहार भएको कुनै समाज वा सम्प्रदायको खण्ड वा उपभेद।
- कुनै कक्षामा रहेका समूहको विषय फरक हुने कारणले गर्दा छुट्टिएको सानो उपसमूह।
- कुनै कार्यालयका विभिन्न विभागमध्ये एक; फाँट।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)