अनेकवचन
ना.
- कुनै वस्तु, व्यक्ति वा क्रियाको एकत्वभन्दा बढी, द्वित्व वा बहुत्वको विवक्षा गरिँदा भाषाले लिने अभिलक्षण।
- कुनै शब्द वा क्रियाको रूपावलीअन्तर्गत जनाइने एकभन्दा बढी वचन; द्विवचन वा बहुवचन ('हामीहरू जान्छौँ' मा 'हरू' र '◌ौ◌ँ' ले क्रमशः कर्ता र क्रियाको अनेक वचन जनाएका छन्।)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)