अन्डबन्ड
क्रि.वि. [प्रा. अअण्डविअण्ड< सं. अकाण्डविकाण्ड?]
- कुनै कामकुरा जेजस्तो हुनुपर्ने हो नभई जथाभाबी वा जथबातथबा भएर; कुनै तौरतरिकाबिना; भद्रगोल वा गोलमाल तवरले; गड्याङमड्याङ। (उदा.- अन्डबन्ड गरी काम गरियो भने लक्ष्य प्राप्त हुनेछैन।)
- जेजसरी काम हुनुपर्ने हो सोअनुसार काम नभएको अवस्था; भद्रगोल; गोलमाल (उदा.- अन्डबन्ड पर्लाजस्तो लागेकाले मैले त्यो काम नै छाडिदिएँ।)।
- सिलसिला नमिलेको; असम्बद्ध र प्रलापजस्तो। (उदा.- आफ्ना हितैषीसँग पनि अन्डबन्ड कुरा गर्नु राम्रो होइन)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)