अन्डरपाइन्ट/पेन्ट/प्यान्ट
ना.
- शरीरको तल्लो भागमा लगाइने एक प्रकारको सानो छोटो भित्री अधोवस्त्र; इँजारघर वा ग्याँटिस आदि राखी त्यस आधारमा कम्मरमा वा कम्मरमनि बाँधिने, शरीरको कम्मरमनिको तल्लो भागमध्ये पछिल्तिरको पुट्ठो र चाक तथा अगिल्तिरको मूत्राशयसम्मको भाग ढाक्ने तथा दुवै तिघ्राको फिलाको माथिल्लो केही भाग पनि ढाक्ने गरी दुई पाटा जोरी सिइएको र अग्रभागमा टाँक वा चेन लगाई केही भाग खोल्न र बन्द गर्न सकिने भएको वा नभएको भित्री वस्त्र; सानो जाँघिया वा जाँघे; भित्री कट्टु; कच्छा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)