अन्तरिम
वि. [सं.]
- दुई भिन्न कालका बिचको; मध्यवर्ती समयको।
- कुनै एक परिपाटी समाप्त भई अर्को परिपाटी थालिने प्रक्रियाका बिचका समयको; कुनै एक परिपाटी टुङ्गिए पनि अर्को नयाँ परिपाटी नथालिँदैका अवधिको।
- सोबिचको अवधिको हुनाले अस्थायी वा केवल कामचलाउ किसिमको (अन्तरिम अवधि, अन्तरिम काल, अन्तरिम व्यवस्था, अन्तरिम शासन, अन्तरिम सरकार इ.); मध्यवर्ती; अस्थायी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)