अन्तर्गत
वि. [सं.]
- कुनै व्यापक सन्दर्भभित्र पर्ने; कुनै विषय वा प्रसङ्गअन्तर्गत समावेश भएको; कुनै वस्तु, व्यक्ति, विषय आदिका अङ्गका रूपमा रहेको; समाविष्ट; सम्मिलित; सामेल।
- कसैका मातहत वा तैनाथको; कसैका अधीनमा वा रेखदेखमा रहेको। (उदा.- भक्तपुर जिल्ला वाग्मती अञ्चलअन्तर्गत पर्छ। साहित्यअन्तर्गत गद्य र पद्यका साथै नाटक पनि पर्छ। मेराअन्तर्गत तीन जना कर्मचारी काम गर्छन्।)
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)