अन्तर्धारा
ना. [सं.]
- नदी वा समुद्रको माथिल्लो सतहमा प्रकट नभई सतहभन्दा तल वा भित्रभित्रै बग्ने पानी आदिको प्रवाह, सोतो वा धारा।
- कुनै समाज वा वर्ग आदिका भित्रभित्र फैलिएको तर समान्यतः बाहिरी रूपमा प्रकट नहुने खालको विचार वा धारणा आदिको प्रवाह।
- मूल धारा वा प्रवाहका भित्रभित्र सञ्चारित हुने भित्री धारा; आन्तरिक धारा; भित्री धारा; गौण धारा। (उदा.- मोतीरामयुगको मूल धारा शृङ्गार भए पनि अन्तर्धाराका रूपमा चाहिँ भक्तिको पनि अस्तित्व रहेको छ) विप. मूल धारा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)