अन्तर्ध्वनि
ना. [सं.]
- भित्री ध्वनि वा आवाज; मूल वा बाहिरी रूपमा प्रकट ध्वनिका भित्र भित्र सञ्चार हुने आन्तरिक ध्वनि; ध्वनिभित्रको ध्वनि।
- कसैको आत्माको आवाज; अन्तरात्माको पुकार वा भित्री हृदयको आह्वान।
- आन्तरिक अभिप्राय; भित्री आशय।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)