अन्त

ना. [सं.]

  1. कुनै कामकुराको आखिरी अवस्था; सो कामकुरा वा ग्रन्थ, लेख आदि पूरा हुने वा टुङ्गिने समयविन्दु; आखिरी; टुङ्गो।
  2. कुनै वस्तु वा कुराको अस्तित्व, विस्तार आदिको अवसान वा समाप्ति हुने ठाउँ; हद।
  3. कुनै कामकुरा खत्तम हुनाको भाव वा अवस्था; समाप्ति; नाश।
  4. कुनै प्राणीको जीवनको समाप्ति; मरण; मृत्यु; देहावसान।
  5. कुनै कामकुराको आखिरी नतिजा वा अन्तिम परिणाम।
  6. कुनै वस्तु, व्यक्ति, तत्त्व वा कामकुराबारेको यो यस्तो हो भन्ने रहस्य; वास्तविक तत्त्व वा भेद।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)