अपराजिता

ना. [सं.]

  1. केराउको जस्ता कोसा हुने र सेतो वा निलो फूल फुल्ने एक खालको लहरो। (सेतो फूल फुल्नेलाई गिरिकर्णिका र निलो फूल फुल्नेलाई विष्णुक्रान्ता भनिन्छ।)।
  2. दुर्गा।
  3. एक योगिनी।
  4. प्रत्येक पाउमा दुई नगण, एक रगण, एक सगण, एक लघु एक गुरु हुने वार्णिक छन्द।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)