अपरिग्रह
ना. [सं.]
- दान नलिने क्रिया; दानको परित्याग।
- जीवन निर्वाहका लागि अत्यावश्यक वस्तुबाहेकका अन्य वस्तु ग्रहण नगर्ने काम।
- मोह, राग, द्वेष, हिंसा आदिको त्याग।
- योगशास्त्रका अनुसार पाँचौँ यम; सङ्गत्याग।
- ब्रह्मचर्य।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)