अपिल

ना. [अङ्.]

  1. विचार, स्वीकृति, न्याय वा सहायताका लागि विनयपूर्वक कसैसँग गरिने प्रार्थना वा निवेदन।
  2. सुरु वा तल्ला तहको अदालतको निर्णयमा चित्त नबुझी सो बदल्न वा पुनर्विचार गर्न माथिल्लो तहको अदालतमा दिइने निवेदन; पुनरावेदन।
  3. कुनै अड्डाका कर्मचारीउपरको उजुर सुन्ने अधिकारप्राप्त अर्को अड्डा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)