अभिषेक

ना. [सं.]

  1. पानी छर्कने वा सेचन गर्ने काम; सिञ्चन।
  2. स्नान गर्ने वा नुहाउने काम।
  3. विधिपूर्वक मन्त्र पढेर राजपदमा आरूढ गराउने काम।
  4. यज्ञका समाप्तिपछि अभिमन्त्रित जलले स्नान गर्ने काम।
  5. शिवलिङ्गमाथि जलधाराबाट पानी चुहाउने काम; रुद्राभिषेक।
  6. रोगव्याधिको निवारण वा शान्ति र मङ्गलका निम्ति मन्त्र पढेर कुश, फूल आदिले जल छर्कने काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)