अष्टप्रकृति
ना.
- हिन्दू राज्यपद्धतिमा राज्यका आठ प्रधान कर्मचारी (सुमन्त्र, पण्डित, मन्त्री, प्रधान, सचिव, अमात्य, प्राड्विवाक र प्रतिनिधि)।
- राज्यका आठ अङ्ग (राजा, राष्ट्र, अमात्य, दुर्ग, बल वा सेना, कोष, सामन्त र प्रजा)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)