अष्टवर्ग
ना. [सं.]
- आठ औषधीहरूको समूह (जीवक, ऋषभक, मेदा, महामेदा, काकोली, क्षीरकाकोली, ऋद्धि र वृद्धि)।
- हिन्दू राज्यतन्त्रमा राज्यका आठ अङ्ग वा वर्ग (ऋषि, गाउँ वा नगर आदि बस्ती, दुर्ग, सेतु, हस्तिबन्धन, खानी, करग्रहण र सैन्यसंस्थापन)।
- वर्णहरूको आठ वर्ग (अवर्ग, कवर्ग, चवर्ग, टवर्ग, तवर्ग, पवर्ग, यवर्ग र शवर्ग)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)