अष्टसुगन्ध धूप
ना. [सं.]
- श्रीखण्ड, रक्तचन्दन, सालधूप, कपूर, केशर, कस्तूरी, अगरु र गोकुलधूप राखेर बनाइएको विशेष प्रकारको धूप; देवदेवीका पूजामा सुगन्धका लागि बालिने उक्त धूप; हानिकारक वायुको असरबाट बच्न बालिने उक्त धूप।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)