अष्टाङ्ग
ना. [सं.]
- योगसाधनका आठ भेद (यम, नियम, आसन, प्राणायाम, प्रत्याहार, धारणा, ध्यान र समाधि)।
- वैद्यक चिकित्साका आठ विभाग (शल्य, शालाक्य, कायचिकित्सा, भूतविद्या, कौमारभृत्य, अगदतन्त्र, रसायनतन्त्र र वाजीकरण)।
- शरीरका आठ अङ्ग (जाँघ, पाउ, हात, छाती, शिर, दृष्टि, वचन र बुद्धि)।
- सूर्यलाई चढाइने आठ अर्घ्य (जल, दुध, घिउ, मह, दही, रक्तचन्दन, करवीर (कनेर र कुश)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)